Latest Updates :

अष्ट्रेलियाको भीषण गर्मीलाई कसरी मात दिइरहेका छन् मानिसहरु

SHARE THIS POST :
अष्ट्रेलियामा आजकाल भीषण गर्मी छ । देशमा गर्मीले सबै रेकर्ड तोडिदिएको छ । जनावरलगायत मानिसहरु पनि गर्मीले आहत छन् । बिहिबार एडिलेडको तापक्रम ४७.७ डिग्री सेल्सियस पुग्यो र यो शहरको अहिलेसम्मकै गर्मी दिन रह्यो । गर्मीबाट राहत पाउनका लागि मानिसहरु समुन्द्रको बीचमा गइरहेका छन् ।
एडिलेडमा बस्ने एन्ड्रयू कारेलका अनुसार आजकाल यी साना कंगारु उनको घरको कुनामा बसिरहेको छ । एन्ड्रयूले हरेक घण्टा यसलाई चिसो पानी हालिदिने बताए ।
थुप्रै जनावरका लागि यो गर्मीमा आफ्ना लागि पानीको खोजी गर्नु कुनै संघर्षभन्दा कम छैन ।

थुप्रै साना शहरलाई खाली गर्न निर्देशन दिइएको थियो किनभने गर्मीबाट लाग्ने आगोले ती घरमा समेत क्षती पुग्ने अनुमान गरिएको थियो ।
मेलबर्नमा हुने अष्ट्रेलियन ओपनका विभिन्न टेनिस म्याच रद्द गरियो, किनभने गर्मीका कारण तनावमा भएका मानिहरु खेलको नभई पानीको मजा लिइरहेका थिए ।
डिलेडका चिडियाखानामा जनावरलाई बरफको स्ल्याब दिइएको छ ।
चिडियाघरका कर्मचारीका अनुसार केही जनावरलाई दैनिक चिसो पानीले नुहाइन्छ ।

एडिलेड मात्रै नभई अष्ट्रेलियाको सबैभन्दा ठूलो शहर सिड्नी पनि गर्मीले पोलिरहेको छ । मानिसहरु राहत पाउनका लागि बीचमा गइरहेका छन् ।
यो वर्ष जनवरीमा अष्ट्रेलियाले सबैभन्दा गर्मी दिनको रेकर्ड बनाएको छ ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. bbckhabarnp12 - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger