Latest Updates :

विश्वास गर्नुस् यी महिला नै हुन्, यिनको शरीरको विश्वभर चर्चा

SHARE THIS POST :
तपाइँले धेरै सुन्दर महिलाका विषयमा सुन्नु भएको होला। कसैसँग पनि तपाइँले यो प्रश्न गर्नुहुन्छ की महिलाको परिभाषा के हो? जवाफ के हुनसक्छ भने महिला कोमल हुन्छन्। तर आज हामी  तपाइँलाई यस्ती महिलाको विषयमा जानकारी दिन गइरहेका छौं जो यो परिभाषा भन्दै निकै फरक छिन्।

यी महिला आफ्नो अलग शरीरका कारण विश्वभर चर्चित छन्। रोमानियाकी यी अलीना पोपा आफ्नो मस्कुलर बडीका कारण चर्चित छन्। अलीनाको बडी देख्दा मानिसको पसिना छुट्छ।  ३९ वर्षीया अलीनाको हाइट पाँच फिट ९ इनच छ भने वजन १०७ किलोग्राम। 

पेशाले जीम ट्रेनर अलीनाले वेट लिफ्टिङको तालिम लिन सुरु गरिन्। उनको यो निर्णयलाई बाँकी महिलाभन्दा उनलाई बेग्लै बनायो। जब अलीना १९ वर्षकी थिइन तब उनले बडी बिल्डिङ सुरु गरेकी थिइन्। उनले यत्रो वर्षको मेहनतले बडी बिल्डिङको ताज जित्न सफल भइन्।

२००० मा उनले पहिलो पटक स्थानीय च्याम्पियनशिपमा भाग लिइन्। यो च्याम्पियनशिपमा उनले दोस्रो स्थान जित्न सफल भइन्। त्यसपछि अलीनाले पछाडि फर्केर हेर्नु परेको छैन। २०११ मा उनले मिस ओलम्पियाको ताज जित्न सफल भइन्।

पोपाको बडी बल्डिङप्रतिको लगाव यस्तो थियो की २०१५ मा घाइते भएका कारण प्रतियोगितमा भाग लिन पाइनन्। तर मेहनत गरेर उनले २०१६ मा फेरि उनले विश्व च्याम्पियनमा तेस्रो स्थान जित्न सफल भइन्।  २०१८ मा अर्को विश्व च्याम्पियनमा उनी प्रथम भइन्।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. bbckhabarnp12 - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger