Latest Updates :

चर्चित पत्रकार रवि लामिछानेलाई पूर्वपत्नी ईशाले दिईन बधाई , गरिन् यस्तो कामना

SHARE THIS POST :

काठमाण्डौ – चर्चित सञ्चारकर्मी रवि लामिछानेले बिबाह गरेका छन् । उनले चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलसँग विवाह गरेका हुन् ।उनीहरुले कानुनी रुपमा विवाह दर्ता गरेका छन् । सोमबार काठमाण्डौ जिल्ला अदालतमा गएर सञ्चारकर्मी रवि लामिछाने र निकिता पौडेलले कानुनी रुपमा विवाह दर्ता गरेका हुन् ।

लामिछानेले आफ्नो फेसबुक पेजमा निकितासँगको फोटो राखेर लेखेका छन्, ‘व्यक्तिगत जीवनले नयाँ मोड लिएको छ ।एक अर्काका परिवार, आफन्त र नातागोताको छलफल र अनुमतिमा आज निकिता पौडेल जी र मैले कानुनी रुपमा काठमाण्डौ जिल्ला अदालतमा विवाह दर्ता गराएका छौं ।’सञ्चारकर्मी रवि लामिछानेले आफन्त तथा साथीभाइहरुबाट आशिर्वाद चाहेको फेसबुक पेजमा लेखेका छन् ।

रबिले निकिता पौडेलसँग विवाह गरेपछि उनकी पूर्वपत्नी ईशा लामिछानेले आफ्नो र २ छोरीहरुको तर्फबाट बधाई दिएकी छन् ।साथै इशाले विगतका तीन सम्बन्धहरु जस्तो यो चौथो सम्बन्ध असफल नहोस र आफुलाई जस्तो नयाँ पत्नीलाई तिरस्कार नगर्नुहोला भन्दै कामना गरेको छिन् ।रवि लामिछानेकी पूर्वपत्नी ईशा अमेरिकामा दुई छोरीहरुसहित बस्दै आइरहेकी छिन् ।इशाले पूर्वपति रबिले नयाँ घर बसाउँदा चौथो विवाहकै लागि आफूलाई डिभोर्स दिएको उनले बताएकी छिन्।यता रवि लामिछानेले अहिले अदालती रुपमा विवाह गरे पनि परम्परागत रुपमा वैशाखमा विवाह गर्ने बताएकाछन् ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. bbckhabarnp12 - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger