एलिजाको जन्मदिनमा रोमान्टिक बने धमला, श्रीमतीलाई यसरी माया गरे धमलाले मिडिया सामु – घरज्वाई हुन् ऋषि धमला, श्रीमतीले नै खोलिन् भित्री कुरा
पत्रकार ऋषि धमला उनले गरेका हरेक अन्तर्वार्ताका कारण चर्चामा आईरहन्छन् । उनका हरेक अन्तर्वार्तामा उनको फरक तरिकाको प्रश्न सोध्ने शैलीले कलाकार तथा नेताहरुलाई उत्तर दिन हम्मे हम्मे पर्ने गर्छ । कलाकारहरुको अन्तर्वार्ता लिने उनै ऋषि धमलाकी पत्नी एलिजा गौतम आफैँ नायिका बन्ने भएकी छिन् । केहि साता अघि राजधानीको पाँचतारे होटलमा चलचित्र ‘अनुराग’को औपचारिक घोषणा भएको थियो ।
चलचित्रको नायिका बन्ने भईसकेपछि आजकल एलिजाले धेरै समय मिडियातिर दिन थालेकी छिन् । यस्तै क्रममा एलिजाले एउटा गज्जबको कुरा बाहिर ल्याएकी छिन् । एक मिडियासँगको अन्तर्वार्तामा एलिजाले ऋषि धमला ससुरालीमा दिएको घरमा बस्ने गरेको बताएकी छिन् । ऋषि धमाला एकदमै भाग्यमानी भएको स्पस्ट पार्दै एलिजाले भनिन्, ‘हामी बसिरहेको घर मेरो बुवाआमाले ज्वाईछोरीलाई बस्नलाई भनी दिनुभएको हो । मेरो बुवाआमाले छोरी पनि उहाँलाई नै दिनुभयो घर पनि दिनुभयो त्यसैले ऋषि जी एकदमै भाग्यमानी हो ।’
हेर्नुहोस भिडियो
Post a Comment