Latest Updates :

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

SHARE THIS POST :
वर्षाले पहिरो खस्ने क्रम जारी, सयौँ यात्रु अलपत्र

दुई दिनदेखिको अविरल वर्षाले कर्णाली राजमार्गमा पहिरो गएको छ । पहिरोले राजमार्ग अवरुद्ध हुँदा सयौँ यात्रु अलपत्र परेका छन् । आइतबार राति कर्णाली राजमार्गको कालिकोट–सुर्खेत खण्डको शुभकालिका गाउँपालिकास्थित गगने खोलामा पहिरो खसेको हो । पहिरोले मुगु, जुम्ला र कालिकोटको यातायात अवरुद्ध भएको छ । पहिरो खस्ने क्रम रोकिएको छैन ।

सोमबार दिउँसो ठूलो चट्टान खसेर राजमार्ग भत्किएको छ । गगने खोला क्षेत्रमा हिँडडुल गर्न पनि समस्या भएको स्थानीयले जनाएका छन् । पानी पर्दा पहिरो खस्ने भएकाले पटक–पटक सडक अवरुद्ध हँुदै आएको छ । पहिरोको कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय, कालिकोटका डिएसपी सुवासचन्द्र बोहराले बताए ।
सयौँ यात्रु अलपत्र
आइतबार रातिदेखि नै गगने खोलाको दुवैतिर सयभन्दा बढी सवारीसाधन रोकिएका छन् । सुर्खेत र नेपालगन्जबाट गएका तथा मुगु, जुम्ला, कालिकोटबाट फर्केका यात्रु बाटोमै रहेको प्रहरीले जनाएको छ । त्यस्तै, रारा जाने पर्यटक पनि बाटोमै अलपत्र परेका छन् । केही यात्रुवाहक र मालवाहक गाडी नजिकैको हुल्म बजार र जिते बजारमै रोकिएको डिएसपी बोहराले बताए ।

पहिरो पन्छाउन समस्या
पहिरो पन्छाउन सडक डिभिजन कार्यालय, जुम्लाको स्काभेटरसहितको टोली गगने खोला पुगेको छ । त्यस्तै, प्रहरी टोली पनि पुगेको छ । वर्षा नरोकिएको र पहिरो खसिरहेकाले काम गर्न नसकिएको सडक डिभिजन कार्यालयले जनाएको छ ।

पहिरो पन्छाउने प्रयास भइरहेको सडक डिभिजन कार्यालयका प्रमुख माधव अधिकारीले बताए । ‘पहिरो खस्ने क्रम जारी रहेकाले पन्छाउन समस्या भइरहेको छ । पहिरो रोकिएपछि काम सुरु हुनेछ,’ अधिकारीले भने ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. bbckhabarnp12 - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger