काठमाडौँ। हामीले दैनिक खानामा खर्च कति गर्छौ ?यसबारेमा कसैले हिसाब राख्दैन । तर, घरबाहिर खानाखाने गरेका छौँ भने कति खर्च हुन्छ भन्ने मोटामोटी हिसाब हुन्छ नै ।
कहिले काहीँ हामीलाई काम विशेष वाबाध्यताले पनि घरबाहिर खाना खानु पर्ने अवस्था आउँछ । कतिपय अवस्थामा अस्पताल बस्दा वा अन्य कामले होटलको खाना खानु पर्ने हुन्छ । यस्तो अवस्थामा हामीले सफा र किफायती ठाउँ खोज्छौँ ।
कतिपयले सोचेको जस्तै काठमाडौंमा भएका सबै होटल तथा क्यान्टिन महङ्गो र फोहोर छैनन् ।हामी सस्तो होटलका खाना फोहोर भएको मान्दै आएका छौँ । तर, सबै सस्तोमा खाना खुवाउने होटल फोहोर भने हुँदैनन् । यस्ता होटलहरू पनि व्यवस्थित र सफा हुने गर्छन् । यसै विषयलाई आधार बनाएर काठमाडौंमा सस्तोमा राम्रो र मीठो खाना पाइने होटलहरूका बारेमा जानकारी गराउने प्रयास गरेका छौँ । जहाँको कोहीले गएर खाना खान पाउँछ।
Post a Comment